सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फोहोर व्यवस्थापन सम्झौता भंग गर्ने निर्णय सच्चाउन आग्रह

फोहोर व्यवस्थापन सम्झौता भंग गर्ने निर्णय सच्चाउन आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७७, शनिबार

बागलुङ, १३ भदौ– कोरोना महामारीको समयमा फोहोर व्यवस्थापनको काम गरिरहेको संस्थासँग सम्झौता भंग नगर्न बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।
बागलुङ बजारको फोहोर व्यवस्थापनको काम गरिरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था सँगको सम्झौता नतोड्न संघले आग्रह गरेको हो ।
नगरपालिकाले एकपक्षीय रुपमा सम्झौता भंग गरेको भन्दै संघले त्यसलाई सच्चाउन भनेको छ । संघका अध्यक्ष युवराज राजभण्डारीले शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना महामारीको समयमा हतारमा सम्झौता भंग गर्ने निर्णय सच्चाउन माग गरेका छन् ।
२०७२ सालदेखि काम गर्दै आएको संस्थाले २०७८ असार मसान्तसम्म बागलुङ बजारको फोहोर उठाउन पाउनेगरी नगरपालिका र सहकारीबीच सम्झौताको थियो । सम्झौता म्यादसमेत बाँकी भएकाले कोरोना कहरका बीच नगरपालिकाले गरेको काम सहि नभएको संघले जनाएको छ । बागलुङ नगरपालिकाले भने सहकारीले कोरोना महामारीको समयमा फोहोर संकलन नगरेको भनी सम्झौता भंग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->