बागलुङ, १४ भदौ – कोरोनाको कारण देश आक्रान्त वनेको वेला सरकारले सभा सम्मलेन गर्न रोक लगाए पनि पर्वतमा मानव अधिकार संगठनवाटै नियमको उल्लंघन भएको छ । सरकारले मानिसको भीड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको भएपनि नेपाल मानव अधिकार संगठन पर्वतले अधिवेशन गरेको हो ।
सरकारले सभा सम्मेलन गर्न रोक लगाएको वेला पर्वतका अधिकारकर्मीले होटलमा भेला गरी १६ औ साधारणसभा तथा ५औ अधिवेशन गरेका हुन । अध्यक्षको लागी सहमती हुन नसकेपछी मतदान भएको थियो । मतदानपछि ४१ मतका साथ माधव पौडेल विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केदारनाथ आचार्यले १० मत प्राप्त गरेको थिए । ५८ जना सदस्य रहेको नेपाल मानव अधिकार संगठन जिल्ला शाखाको अधिवेशनमा ५१ मत खसेको थियो ।
सरकारले लकडाउनपछि १५ जना भन्दा वढी भेला हुन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको वेला ५० भन्दा वढी भेला भएर चुनाव गरेको पाईएको छ । विश्वभरी कोरोना भाइरसको त्रास बढेपछि सरकारले भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरेको भएपनि जिल्ला प्रशासन कार्यलय पर्वतको कार्यलयवाट २ सय मिटरको दुरीमा रहेको एक होटलमा निर्वाचन गरिएको हो । 
कार्यसमितिको म्याद सकिएकोले लोकतान्त्रिक अभ्यास मार्फत सामाजिक दुरी कायमगरी निर्वाचन गरिएको नवनिर्वाचित अध्यक्ष माधव पौडेलले बताए । मंसिरमा गर्नुपर्ने अधिवेशन विविध कारणले रोकिएकोले अधिवेशन गर्नुपर्ने वाध्यताले केन्द्र र प्रशासनको मौखिक अनुमती मागेको पौडेलले वताए । केन्द्रले माइक प्रयोग नगरी सरकारले तोको सामाजिक दुरी कायम राख्दै सेनिटाईजरको प्रयोग गरी कार्यक्रम गरेको अध्यक्ष पौडेलले वताए ।
अध्यक्षले अनुमति मागेको दावी गरेपनि पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले आफुलाई यस विषयमा कुनै जानकारी नभएको वताए । राज्यले वनाएको नियम पालना गर्ने दायित्व सवैमा रहेको भन्दै यस विषयमा अनुसन्धान थाल्ने वताए । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि स्कूल कलेज, सिनेमा हल, सभा सम्मेलन गर्न रोक लगाएको छ ।
कोरोना समुदाय स्तरमा गैरहेको वेला अरुलाई स्वास्थ्य सचेतना फैलाउनुपर्ने समयमा स्वयंम मानव अधिकारवादी संगठनवाट भएको यस्ताखाले कार्यक्रमले समजमा कस्तो सन्देश देला सर्वसाधारणले प्रश्न गरेका छन ।





