बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

पोखरा, १६ भदौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो। भारतीय आयल कर्पोरेसनले १ सेप्टेम्बरमा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए। अब पेट्रोल १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए। यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको थियो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->