सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आहा, रुपातालका माछा !

आहा, रुपातालका माछा !

तालमा रहूँ, नैनी, कमन, सिल्भर, विगेड र तिलिपिया जातका माछा पाइन्छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

पोखरा, १८ भदौ– रुपातालका रामजी अधिकारी झिसमिसेमा घरबाट निस्किन्छन् । एकाबिहानै डुंगा खियाउँदै तालको फेरो लगाउँछन् ।
यो उनको हरेक बिहानको दैनिकी हो । रुपाताल पुनर्उत्थान तथा मत्स्यपालन सहकारी संस्थाले व्यावसायिक रुपमा माछापालन सुरु गरेपछि उनी यहाँ जागिरे भएका हुन् । दिउँसो २÷३ बजे तालमा जाल बिच्छ्याउने, उज्यालो हुनेबित्तिकै जालबाट माछा झिक्ने अनि बेच्ने । ‘बिहानै आउँछु’, डुंगाबाट माछा झिक्दै रामजीले भने, ‘७ बजेभित्रमा त माछा जालबाट झिकेर बेच्ने सहकारी भवनमा ल्याइसक्छौं ।’
उनीसँगै सहकारीमा १२ जना जागिरे छन् । १२ जना कर्मचारीले ६–६ जनाको समूह बनाएर माछा निकाल्ने काम गर्छन् । दिनमा नियमित दुई बजेबाट जाल थाप्ने गरिए पनि माग अनुसार कहिलेकाहिँ २ देखि ३ पटकसम्म पनि माछा निकाल्ने काम हुन्छ । ‘माग अनुसार हुन्छ । कहिलेकाहीं त दिनैभरि माछा निकालिरहेका हुन्छौं’, उनले भने ।
तालबाट दैनिक सिजनअनुसार १ हजारदेखि ४०÷५० किलोग्रामसम्म माछा निकालिन्छ रे ! लकडाउनपछि भने त्यो उपक्रमम घटेको छ । यसअघि १२ जनाले जाल थाप्ने काम गर्दै आएपनि लकडाउनले गर्दा ६ जना मात्रै माछा निकाल्ने काममा खटिएको उनले सुनाए । ‘अघिपछि धेरै नै काम भए पनि लकडाउनले अर्डर पनि कम आएको छ । अलि कमै माछा निकालेका छौं’, उनले भने ।
मानवीय अतिक्रमणको चपेटामा परेको तालमा सहकारी गठनसँगै माछापालन सुरु गरेपछि स्थानीयको जीवनस्तर उक्सेको मात्रै छैन, तालको पनि संरक्षण हुँदै आएको छ । रुपाको माछा स्वादिलो हुने आम उपभोक्ताको विश्वास छ ।
रुपातालको माछा धेरैजसो आसपासका रेष्टुरेन्टमा खपत हुने गर्छ । हुन, पनि रुपातालको माछाको स्वाद लिन टाढाटाढाबाट ग्राहकहरु रुपाताल पुग्ने गर्छन् ।
रुपाताल पुनर्उत्थान तथा मत्स्यपालन सहकारी संस्थाको सचिव शिवराज अधिकारीले २० वर्षअघि सहकारी स्थापना गरेर व्यावसायिक माछा पालन थालेको बताए । सहकारीले निम्न आय भएका जलारीलगायतका समुदायलाई पनि किस्ताबन्दीमा संस्थामा मिसाएर काम दिएको छ ।
सहकारीमा अहिले ८ सय ६४ जना सेयर सदस्य छन् ।सहकारीले हरेक वर्ष २५ लाख माछाका भुरा छोड्ने लक्ष्य लिएको छ । परिस्थिति हेरेर वार्षिक २५ देखि २६ लाखसम्म पनि माछाको भुरा छोड्ने गरिएको सचिव अधिकारीले सुनाए ।
तालमा रहूँ, नैनी, कमन, सिल्भर, विगेड र तिलिपिया जातका माछा पाइन्छन् । माछाको प्रति केजी ३ सयदेखि १ हजारसम्म मूल्य पर्छ । शेयरधनीलाई वर्षकै ठूलो चाडकै रुपमा मानिने दशैं तिहारमा बोनस दिने गरिन्छ । २० देखि १८ प्रतिशत भन्दा दिन नपाइने भए पनि परिस्थिति हेरेर बोनस दिने गरिएको उनले सुनाए माछा पालनले स्थानीयको जीवनस्तर उकासेको उनको भनाई छ । रुपाताल एकिकृत विकास परियोजनाअन्तर्गत तालको क्षेत्रफल बिस्तारका लागि ४ अर्ब ५१ करोड रुपैयाँ अनुमान गरेर पर्यटकीय गन्तव्य निर्माणको योजना अघि सारिए पनि चित्तबुझ्दो मुआब्जा नपाएको भन्दै स्थानीयले विरोध समिति गठन गरेर विरोधमा उत्रिएका छन् । हाल १०७ हेक्टर क्षेत्रफलमा फैलिएको रुपा ४ मिटरदेखि ६ मिटर अग्लो छ । परियोजना अनुसार काम भए रुपाको क्षेत्रफल १७४ हेक्टर हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->