बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै


  • एजेन्सी
  • भाद्र २१ २०७७, आइतबार

काठमाडौं, २१ भदौ – विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ।
सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ। संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ। यो भ्याक्सिनलाई विश्व्यापी मान्यता दिलाउन चीनले भरमग्दुर प्रयास गरिरहेको छ।
यतिखेर चीनमा संक्रमितको संख्या निकै कम भएकाले अन्य देशमा नै चीनले यो खोप परीक्षण गरिरहेको छ। यो खोप चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->