बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रहरीको कर्म : फुर्सदमा पैदलमार्ग सरसफाई

प्रहरीको कर्म : फुर्सदमा पैदलमार्ग सरसफाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

बागलुङ, २३ भदौ– दैविक बिपत्तीको सामना र उद्धार सँगसँगै प्रहरीले सरसफाई अभियान पनि चलाएका छन् । कोरोनाको रोकथामका लागि भएको लकडाउनको कार्यान्वयनमा खटिरहेकै बेला पनि उनीहरुले अभियानलाई पनि निरन्तरता दिएका हुन् ।
यो अभियान स्वरुप बागलुङ बजार सँग जोडिएका सबैजसो पैदलमार्ग सफाई गरेर चिटिक्क पार्ने काममा उनीहरु खटिएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका केही जवानहरुले आफ्नो नियमित डिउटी सकेर उक्त काम गर्दा सयौंले सहज यात्रा गर्न पनि पाएका छन् ।
यो अभियानमा उनीहरुले मालढ्ुंगा कालीका मन्दिर, गणेश घुम्ती देखि रामरेखा सहितका धेरै पैदलमार्ग सफाई गरेका ह्ुन् । कसैले प्रसंसा गरोस वा गाली भन्ने वास्तै नगरी अभियान गरेको उनीहरुले बताए । अहोरात्र खट्ने प्रहरीले आँफै हिँड्ने पैदलमार्ग हेरीनसक्नु भएको देख्न नसकेपछि सफाइ अभियानमा लागेको बताए ।

उनीहरुले हरेक दिन बिहान सयौंले हिड्ने बाटो सफाई गरेर धेरैलाई दुर्घटनाबाट बचाउने काम गरेका हुन् । झार उम्रेको र काउली परेर हिड्न पनि नसकिने अबस्था भएकोले उनीहरुले पूर्ण सफाई गरेका हुन् । प्रहरीका अधिकृतसमेत यी बाटामा हिड्न थालेपछि मात्रै समस्या देखिएको र प्रहरीकै सक्रियतामा सफाई पनि भएको हो ।
प्रहरी नायव निरिक्षक खुम बहादुर गोदार र हवल्दार महेन्द्र तिमिल्सिना लगायतको आँखामा यो पैदलमार्ग पहिलो पटक परेको हो । प्रहरी हवल्दार महेन्द्र तिमिल्सिनाले गोदारसँग सल्लाह गरेर सफा गर्ने योजना बनाए । यो कुरा जिल्लाको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक सम्म पुग्यो । अनुमति पाएपछि अहिले मार्ग सफा गरिएको हो । कालीका मन्दिर मालढुंगा पैदलमार्ग सरसफाई गर्ने काममा गोदारले नेतृत्व गरेपछि सफाई भएको हो । शनिवार डिउटी बाहेकको समयमा सरसफाइको काम उनीहरुले नियमित गर्न थालेका छन् ।
बागलुङकै गणेश घुम्ती बाङ्गेचौर पैदलमार्ग पनि उनीहरुले सफा गरेका छन् । बागलुङ बजारदेखि पहिले नगरपालिका कार्यालय जान बनाईएको बाटो पनि सफाई गरिएको प्रनानी गोदार बताउँछन् । सदरमुकाम आसपासका पैदलमार्ग सरसफाई, उद्यानहरुको सरसफाई र पर्यटकीय क्षेत्रको सरसफाई गर्ने योजना प्रहरीको छ । ‘हामी स्वबिबेकले काम गरिरहेका छौं, अनुमति नेतृत्वबाट लियौ’ गोदार भन्छन् ‘नियमित काम त छँदैछ समाजलाई सहयोग पुग्ने काम गर्नु हाम्रो दायीत्व हो ।’ उनीहरुले सरसफाई गरेका पैदलमार्गहरुले कालीका मन्दिरका पुजारी र भक्तजन, बिहान बेलुका उक्त मार्गमा ओहोर दोहोर गर्नेलाई पनि सहज भएको छ । हामीले थोरै समय निकालेर काम गर्दा धेरै सजिलो हुने रहेछ’तिमिल्सिनाले भने हामी यो अभियानलाई निरन्तर्ता दिन्छौं ।’ उनीहरुले आफ्नो काम छोड्दैनन् तर फुर्सदको पनि सदुपयोग गरेका हुन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->