बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

बागलुङ, २८ भदौ– जिल्लाको दक्षिण बलेवा क्षेत्रलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा आईतबारदेखी बैंकको ४३ औं एक्सटेन्सन काउण्टर संचालनमा ल्याईएको छ । कोरोनाका कारण सामजिक दुरी कायम गरी काउण्टरको उदघाट्न संघिय सांसद डा. सुर्य पाठकले गरेका हुन । उद्घाटन पश्चात बोल्दै सांसद पाठकले काउण्टर संचालन भए सँगै यस क्षेत्रका जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको बताए । उनले यस क्षेत्रमा बैंक सुख दुखमा सारथी बन्नेमा आफु विश्वस्त रहेको बताए ।
तत्कालिन ३ गाविसको कार्यक्षेत्रको रुपमा विकास गरिएको काउण्टरबाट निकट भविश्यमा शाखा नै संचालन गर्ने उद्देश्य रहेको ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माले बताए । यस क्षेत्रका बासिन्दाहरुलाई सहज रुपमा वित्तिय सेवा प्रदान गर्नुका साथै वित्तिय पहुँचबाट टाढा रहेका आम सर्वसाधारणलाई पहुँचा ल्याउने उद्देश्य रहेको बताए ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरणराज पौडेल, नेपाली काँग्रेसक बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठक, वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेल र १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री लगायतले बोलेका थिए ।
कार्यक्रम ग्लोबल आइएमई बागलुङ शाखाका शाखा प्रवन्धक शर्माको अध्यक्षता कुश्माका शाखा प्रवन्धक प्रकाश शर्माको स्वागत ग्लोबल आइएमईको विएलबि प्रतिनिधि नारायण श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->