पोखरा, २८ भदौ– पर्वतमा चितुवाको आक्रमणमा परी एक बृद्ध घाईते भएका छन् । मोदी गाउँपालिका–१ भुकदेउरालीका ७४ बर्षिय बुद्धि बहादुर गुरुङलाइ आईतवार दिउँसो चितुवाले आक्रमण गरेको हो । घरछेउको जंगलमा भैंसी चराउन निस्कीएका गुङलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको कास्किको नयाँ पुल स्थित नयाँपुल मेडिकलमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।





