बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

फेवातालको एतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितलाई प्रतिवेदनमा समेटिएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

पोखरा, ३० भदौ– पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
फेवातालको एतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितलाई प्रतिवेदनमा समेटिएको छ । फेवातालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवदेनमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।
हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->