बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बोबाङका पीडितलाई जिल्ला सहकारी संघको पाँच लाख

बोबाङका पीडितलाई जिल्ला सहकारी संघको पाँच लाख


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

बागलुङ, १ असोज– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो पीडितका लागि जिल्ला सहकारी संघ बागलुङले नगद राहत सहयोग गरेको छ । संघले ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमार्फत पीडितहरुका लागि ५ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
संघको संयोजन तथा विभिन्न संघ संस्थाको सहयोगमा संकलित सहयोग रकमको चेक संघका अध्यक्ष दिपक गौतमले बुधबार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे । सहकारी संघ बागलुङले पहिरो पीडितहरुका लागि आर्थिक सहयोग गर्न जिल्लास्थित संघ संस्थालगायत देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको थियो । जिल्ला सहकारी संघले सञ्चालन गरेको अभियानमा आदर्श सञ्चार अनलाइनले १ लाख ७५ हजार, जिल्ला कृषि संघ बागलुङले ८० हजार ५ सय, गलकोट सहकारी सञ्जालले ४२ हजार ५ सय, राष्ट्रिय सहकारी बैंकले ३० हजार सहयोग गरेको जिल्ला सहकारी संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिए । अन्य रकम जिल्ला सहकारी संघले बागलुङलगायत विभिन्न क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाहरु र सहकारीकर्मीहरुसंग संकलित गरेको सचिव थापाले बताए ।
भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २२ जनाको मृत्यु भएको छभने १६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजीकार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->