बागलुङ, २ असोज – ब्राह्मण समाज नेपाल बागलुङ शाखाले ढोरपाटनका बाढीपहिरो पिडितलाई नगद राहत रकम प्रदान गरेको छ । ब्राह्मण समाजले शाखाको तर्फबाट ३० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमुखलाइ प्रदान गरेको हो ।
ढोरपाटन नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा रु. ३० हजार जम्मा गरी त्यसको भौचर नगरपालिकालाई प्रदान गरिएको समाजका सदस्य कृष्ण प्रसाद पौडेल (कुमार) ले वताए । उक्त भौचर संघिय सांसद डा.सुर्य पाठकले नगरप्रमुख देवकुमार नेपालीलाई वुर्तिबाङमा प्रदान गरेका हुन् ।
विपतमा परेकालाई थोरै भएपनि राहत पुगोस भनेर उक्त रकम नगरपालिकाको कोषमा जम्मा गरिएको समाजका अध्यक्ष ङइन्द्र प्रसाद सुवेदीले वताए । नगरपालिकाले एकद्धार प्रणाली राहत प्रदान गर्ने भनेकाले राहत कोषमा नै रकम जम्मा गरिएको हो । भदौ १७ गते गएको बाढीपहिरोबाट २२ जनाको ज्यान गएको छ भने १५ जना अहिले पनि वेपत्ता छन् । लाखौको क्षति भएको छ । बाढीपहिरोले विधालय, स्वास्थ्यचौकी र साना जलविधुत आयोजना वगाएको छ ।





