पोखरा, ३ असोज– नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा विषेश छुट दिइने भएको छ ।
बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार, ग्राहकवर्गलाई उपहारभन्दा पनि गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए । खत्रीका अनुसार, आउँदै गरेको नेपालीहरूको महान पर्व विजयादशमी तथा दिपावलीको उपल्यक्षमा ग्राहकहरूको सुविधाको लागि बुद्व विशालबजार अबदेखि शनिबार पनि खुला गरिने बताए ।
साथै, विश्वभर नै महामारीको रुपमा देखिएको कोरोना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोना भाइरसको प्रकोपप्रति सचेत हुँदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारको मुख्य गेटमा हातधुने ब्यवस्था, ज्वरो नाप्ने व्यवस्था, माक्स लगाउने व्यवस्था, सेनेटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पूर्ण ब्यवसायीहरुले सामाजिक दूरीको साथ पसल सन्चालन गरिएको हँुदा सम्पुर्ण ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।
‘उपहार पहिले–पहिले नगद १० देखि २५ प्रतिशत छुट अहिले’ भन्ने नाराका साथ बुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको एशोसियसनका अध्यक्ष केशव खत्रीले बताए ।





