मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बुर्तिबाङ पुग्यो विजुली

बुर्तिबाङ पुग्यो विजुली


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७७, आइतबार

बागलुङ, ४ असोज– स्थानीय खोलामा निर्माण भएका लघु जलविद्युत आयोजनाको भरमा थियो बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ । घरायसी बत्तिका लागि लघुजलविद्युत आयोजनाको उपयोग प्रसस्तै थियो ।
केन्द्रिय प्रसारण लाईनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसपासका गाउँहरुमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत अवरुद्ध हुने समस्या । गत भदौ १७ गतेको नरसंहारकारी बाढीपहिरोले बगाएका लघुजलविद्युत आयोजनाहरु मर्मत गरेर धिपधिपे बत्ति बालिरहेको बुर्तिबाङले आईतबारदेखि भने झिलीमिली बल्ने बत्ति पाएको छ ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रिय प्रसारण लाईनको बत्ति बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले बुर्तिबाङमा केन्द्रिय प्रसारण लाईनको उद्घाटन गर्नुभयो ।
सदरमुकाम बागलुङ बजारपछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मेहेनतपछि बुर्तिवाङबासीले आइतबारदेखि राष्ट्रिय प्रशारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । गत वर्षदेखि थालिएको अभियानले मूर्तरुप लिएको ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । बुर्तिबाङमा रहेको लघु जलविद्युतले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।
हरिचौरमा सव–स्टेसन निर्माण गरेर बुुर्तिबाङमा बिजुली पु¥याउन सकिएको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभयो । बुर्तिबाङमा विद्युत पु¥याउनका लागि हरिचौरको ११ केभी सव–स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४ सय पोल गाँडिएको छ । बागलुङ वितरण केन्द्रका अनुसार बुुर्तिबाङ बजारमा तत्कालै ३ हजार घरमा विद्युतीकरण हुनेछ ।
जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत सेवा पुगेको छैन । स्थानीयले बनाएका लघुविद्युतको भरमा बिजुली बालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->