बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गाउँपालिकाका क्रियाकलापप्रति नेकपाको ध्यानाकर्षण

गाउँपालिकाका क्रियाकलापप्रति नेकपाको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७७, आइतबार

पर्वत, ४ असोज– गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जलजला गाउँ कमिटिले ध्यानाकर्षणले पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपाले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।
नेकपा जलजलाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य दिपक आचार्य आकाश, सचिब टुंगनाथ शर्मा, जिल्ला सचिवालय सदस्य दुर्गा बहादुर दर्जीलगायत नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा पुगेर अध्यक्ष याम बहादुर मल्ललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संविधानको प्रस्तावनामै समानुपातिक समावेशीकरणलगायत शिक्षा र स्वास्थ्यजस्ता विषयलाई मैलिक अधिकारको रुपमा उल्लेख गरिएको भएपनि जलजला गाउँपालिकाले विभेद गर्ने गरेको उनीहरुको आरोप छ । ‘आफैले बनाएको कार्यविधि विपरितको कार्य गर्ने शिक्षा नियमावली राजनीतिक स्वार्थ पुरा गर्नेगरि तयार गर्ने, जनाताले राजस्व तिर्न पाउने अधिकारबाट समेत प्रतिबन्ध लगाउने, प्रतिपक्षको कहिल्यै पनि राय सुझाब नलिने’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेकपाले तीन दिनभित्रमा कार्यविधिविपरित भर्ना भएका कर्माचारीको नियुक्ति बदर गर्नसमेत माग गरेको छ । शिक्षा नियमावली पुनः संशोधन गरि जनताले कर तिर्ने अधिकारलाई बञ्चित नगर्न ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->