शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषि र जडीवुटी मार्फत गल्याङलाई समृद्ध बनाउन गुरुयोजना बनाउदै नगरपालिका

कृषि र जडीवुटी मार्फत गल्याङलाई समृद्ध बनाउन गुरुयोजना बनाउदै नगरपालिका


  • हिमलाल पराजुली
  • असोज ४ २०७७, आइतबार

स्याङ्जा, ४ असोज – गल्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि, बन र जडिबुटी मार्फत समग्र नगरको विकास गर्ने उद्देश्यले गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।
गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र स्याङ्जा, डिभिजन बन कार्यालय स्याङ्जा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जावीच कृषि र जडिबुटीमार्फत गल्याङ नगरपालिकाको आर्थिक विकासका लागि गर्न सकिने कार्यका लागि बनाइने गुरुयोजनाको तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकामा जडिबुटीको पकेट क्षेत्र निर्माण गर्ने र सामुदायिक बनमा समेत जडिबुटी खेती विस्तार गर्ने बताए । नगरिकलाई उत्पादनसंग नजोडेसम्म बेरोजगारी समस्याको समाधान गर्न नसकिने भएकोले जडिबुटी, पशु र कृषिलाई जोडेर उत्पादन संगै रोजगारी सिर्जना गर्ने योजना अनुसार सबै क्षेत्रलाई समेटेर अन्तरक्रियाको आयोजना गरिएको नगरप्रमुख अधिकारीले बताए ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा डाक्टर सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगहरुसँग जुधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्ने बताइन । कतिपय धार्मिक र सांस्कृतिक परम्पराहरु वैज्ञानिक खालका भएकोले त्यसको अनुसरण गर्नुपर्ने डाक्टर कार्कीको भनाई छ ।
कार्यक्रममा डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले बनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताए । पौडेलले बनजंगल र हावापानीलाई स्वस्थ्य राख्नु मानिसको सबैको दायित्व भएकोले अब सबै यस प्रति सचेत हुनुपर्ने बेला आएको बताए ।
यसैगरी कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेट क्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने बताए । प्रमुख अधिकारीले अनुदानका लागि मात्रै देखावटी रुपमा खेती गर्ने परम्पराको अन्त्य गर्दै वास्तविक किसान भएर काम गर्नु पर्नेमा जोड दिए ।गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगरपालिकाको विकासका लागि बृहत योजना बनाउन कार्यक्रम उपयोगी भएको बताए । जडिबुटी खेती, पशु पालन र कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी) मार्फत बृहत पञ्चवर्षीय योजना बनाउने निर्णय गरिएको गल्याङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->