सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनपछि आजबाट नियमित उडान

लकडाउनपछि आजबाट नियमित उडान

सामान्य अवस्थामा यात्रुहरु सहज रुपमा आउजाउ गर्न सके पनि अब भने यात्रुले आफू स्वस्थ रहेको प्रमाणित गर्नु पर्नेछ ।


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

पोखरा, ५ असोज– झण्डै ७ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सञ्चालन हुने भएको छ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान अन्यौलकाबीच सोमबारबाट सञ्चाल हुने भएको हो ।
उडान सञ्चालनका लागि आवश्यक सुरक्षा सर्तकता, सामाजिक दूरी र डिसइन्फेक्सनलगायतका मापदण्ड पालना गर्दै उडान सञ्चालनको तयारी विमानस्थलले थालेका छन् । उडान सञ्चालनको पूर्वसन्ध्यामा पोखरा क्षेत्रीय विमानस्थलले पनि आफ्नो तयारी थालेको छ ।
विमानस्थलले एक एक घण्टाको अन्तरमा उडान तालीका राखेको छ । यस्तै, बोर्डिङ पासका एक पटकमा दुईवटा मात्रै एअरलाइन्सले दिन मिल्ने गरि सामाजिक दूरी कायम गरेको छ । टर्मिनल बिल्डिङमा छिरिसकेपछि लगेज डिसइन्फेक्सन गरेर मात्रै होल्डिङ सेन्टरमा पु¥याइने छ । ठाउँठाउँमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।
सामान्य अवस्थामा यात्रुहरु सहज रुपमा आउजाउ गर्न सके पनि अब भने यात्रुले आफू स्वस्थ रहेको प्रमाणित गर्नु पर्नेछ । ‘लक्षण केही देखिएको छैन भन्नुप¥यो । कन्ट्याक्ट ट्रेसिङको सजिलोको लागि कहाँदेखि आएको हो, कहाँ बस्ने हो ? त्यो विवरण भर्नुप¥यो’, विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने ।
यसअघि दैनिक ३० देखि ४० वटासम्म उडान हुने गरे पनि २५ प्रतिशत मात्रै उडान हुने उनले सुनाए । नयाँ निर्देशिका अनुसार एउटा एअरलाइन्सले नियमित ८ वटा उडान भर्दै आएकोमा अबदेखि २ वटा मात्र उडान गर्न सक्नेछन् ।
यात्रा अवधिभर यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । यात्रा अवधिभर एअरलाइन्सले प्लाष्टिकको फेस एअरसमेत दिने छ । ‘पहिले सहज रुपमा यात्रा हुन्थ्यो । अब नयाँ निर्देशिक पालना गरेर यात्रा गर्नुप¥यो’, विमानस्थलक सूचना अधिकारी सुवेदीले भने । अरु बेला घुमफिरका लागि पनि यात्रा गर्न पाइए पनि आवश्यक परेको मान्छेले मात्रै यात्रा गर्नु विमानस्थलको आग्रह छ ।
विमानस्थलको फ्रन्टलाइनमा सुरक्षाकर्मी नै खटिने हुनाले सुरक्षाकर्मीहरुले फुल पीपिइको प्रयोग गर्नेछन् । यसअघि पोखरादेखि काठमाडौंसम्मको उडानमा अधिकतम भाडादर ५ हजारसम्म तोकिए पनि भाडादार सस्तो पर्नेछ । न्युनतम २ हजारसम्ममा पनि एअरलाइन्स कम्पनीहरुले उडान भर्ने बुझिएको छ ।
झण्डै सात महिनासम्म विमानस्थलको प्रतीक्षामा बसेको पोखरा विमानस्थलमा यति र बुद्ध एअरका विमानले उडान भने छन् । पहिलो उडान बुद्ध एअरले काठमाडौंदेखि पोखरासम्मको लागि बिहान ८ बजे भर्ने बुद्ध एअरका प्रतिनिधि गौतम बरालले जानकारी दिए ।
७ महिनापछि पहिलो उडान काठमाडौंदेखि पोखरासम्म सूचारु भए लगत्तै जोमसोमको लागि पनि उडान सुरु हुने विमानस्थलले जनाएको छ । पहिलो बुकिङ यति र बुद्ध एअरलाइन्सले खुलाएका छन् । लामो समयपछि सोमबार बिहान ८ः२५ मा ७ महिनापछि पहिलो विमान पोखरा विमानस्थलमा अवतरण गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->