बागलुङ, ५ असोज– नबिल बैंक लि.ले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल बन्नका लागि नबिलले यो विधि ल्याएको हो । तलबी खाता बाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण तुरुन्त प्राप्त गर्न सक्ने बैंकले व्यवस्था गरेको हो ।
निवेदन दिएको केही मिनेटमै ग्राहकको भर्चुअल क्रेडिट कार्यमार्फत खातामा ऋण उपलब्ध गराउने व्यवस्था गरेको बागलुङ शाखाका प्रबन्धक सुशान्त श्रेष्ठले बताए । उनले यो विधिलाई नविनतम डिजिटल सुबिधा भएको बताए ।
संस्थागत संचार विभागका प्रमुख कृष्ण सुबेदीले विज्ञप्ती जारी गरेर यो सुबिधाको जानकारी गराएका छन् । उनका अनुसार, यो सेवा लिन नबिल बैंकको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने छ । यो ऋण छोटो अवधिको लागि हुने बताइएको छ । विशेषगरी असहज अवस्थामा रकम चाहिएमा यो ऋणको सुविधा लिन सकिन्छ । यो ऋण बिना धितो हुनेछ ।





