बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बहुमूल्य यार्सागुम्बा संकलनमा स्थानीयको उदासिनता

बहुमूल्य यार्सागुम्बा संकलनमा स्थानीयको उदासिनता


  • धु्रबसागर शर्मा
  • असोज ५ २०७७, सोमबार

म्याग्दी, ५ असोज – विगतका वर्षहरुमा यार्सा पाइने म्याग्दीका बुकीहरुमा यार्सा संकलकहरुको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडिबुटी र बनस्पतिहरुमध्येको सबैभन्दा महङ्गो मानिएको यार्सा संकलन गर्न रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा,मुदी लगाएतका बुकी र खर्कहरुमा महिना दिनसम्म वस्ने यार्सा संकलकहरु यस वर्ष भने खर्क र बुकीबाट छिटै फर्के ।
यार्सा संकलनका लागि वस्तीदेखि करिब डेढ दिनको यात्रा गरेर कुइनेमंगलेको बुकीमा पुगेका ४० जना स्थानीयहरुले बुकीमा बाख्लै यार्सा भेटे । ३ दिनसम्म बुकीमा नै बसेर उनीहरुले विगतका वर्षहरुमा भन्दा बढी यार्सा संकलन गरेपनि खासै उत्साह नदेखाएको स्थानीय युवा चित्र छन्त्यालले बताए ।
छन्त्यालका अनुसार विगतका वर्षहरुको जस्तो यस वर्ष यार्साको माग बजारमा छैन । कोराना संक्रमणको जोखिमका कारण कुनै पनि व्यापारीहरुबाट यार्साको माग नआएको हुँदा स्थानीयहरुले यार्सा संकलनमा त्यति रुचि नदेखाएको छन्त्यालले बताए ।
विगतका वर्षहरुमा यार्सा संकलन गर्न ३ महिनासम्म बुकी र खर्कहरुमा नै विताउने स्थानीयहरु यस वर्षभने यार्साको खानीमा नै पुगेर पनि ३ दिनभन्दा बढी वस्न मानेनन् । यस वर्ष यार्साको बजार खस्किएको कारण स्थानीयमा यार्सा संकलनमा उत्साहा नदेखिएको छन्त्यालले बताए ।
‘बाख्लै यासो पाइने ठाउँमा पुगेर पनि धेरै दिन वसेर यार्सा संकलन गर्न कोही राजी भएनन,छन्त्यालले भने ‘घरायसी प्रयोग र फुटकररुपमा गाउँमा नै विक्रि गर्नका लागि थोरै मात्र संकलन गरेर फर्कियौं । ‘अहिले यार्साको बजार नै छैन,मूल्य घटेकाले जोखिम मोलेर संकलन गर्न स्थानीयले चाहेनन्,उनले भने ।

कुइनेमंगलेको बुकीमा ठूलो र गुणस्तरीय यार्सा पाइने भएकोले स्थानीयहरु बुकी संरक्षण अभियानमा समेत लागेका छन् । यहाँ यार्साका अन्तराष्टिय व्यारीहरुलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको स्थानीय यार्सा संकलकहरुको भनाइ रहेको छ । करिब ३ महिनासम्म हिमाली क्षेत्र आसपासका बुकीमा पुगेर संकलन गरेको यार्सा विक्रि गेर यहाँका स्थानीयले वर्षभरीको घरखर्च,बालबालिकाको पढाइका अतिरिक्त राम्रै आम्दानी गर्ने गरेका वडाअध्यक्ष गमान छन्त्यालले बताए । उनका अनुसार यहाँको चौरवन,चमेली,रिखार,रिरु लगाएतका स्थानमा राम्रो खालको पोटिलो यार्सा पाइन्छ ।
विश्वको सातौं अग्लो धौलागिरि हिमाल आसपासका बुकीहरुमा छपक्कै भेटिने यार्सा संकलन गर्न यस वर्ष गाउँका ४० जना पुगेको अध्यक्ष छन्त्यालले बताए । विगतका वर्षहरुमा यार्सा खरिद गर्न हेलिकोप्टरमार्फत व्यापारीहरु गाउँमै आउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणका कारण कुनै पनि व्यापारी सम्पर्कमा नआएको स्थानीयको भनाइ रहेको छ । एककिलो यार्सा रु १ लाखदेखि २लाख ३० हजार रुपैयाँसम्ममा विक्रि हुने यार्सा विक्रेताहरुको भनाइरहेको छ । यार्सागुम्वालाई यौन क्षमता बढाउने औषधिका रुपमा समेत लिइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->