बागलुङ, ६ असोज– बागलुङमा प्याजको मुल्य निर्धारण गरिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि जिल्लामा पनि त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचबिखन हुन सक्ने आशंबीच फलफुल तथा तरकारी ब्याव्सायी संघ बागलुङले प्याजको मुल्य तोकेको हो ।
सघंले तत्काल बजार भित्रिएको प्याज नसकिने अवस्थासम्म खुद्रा मुल्य प्रतिकेजी एक सय रुपैयाँ र थोक मुल्य ८८ रुपैयाँमा बेचबिखन गर्न आग्रह गरिएको फलफुल तथा तरकारी ब्यवसायी सघंका अध्यक्ष धुव्र प्रसाद शर्माले जानकारी दिए ।
फलफुल तथा तरकारी व्यवसायी संघ र उपभोक्ता मञ्चको सल्लाहमा सम्पुृुर्ण व्यवसायी बैठक बसेर तत्कालको मुल्य निर्धारण गरिएको उनले बताए ।





