पोखरा, ९ असोज– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारी आधिकारिक वितरक भीएडब्लु इन्टरप्राइजेजले १२५ सिसिको रे जेडआर पोखरामा पोखरामा सार्वजानिक गरेको छ ।
बीएस कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ । जसले ६ हजार ५ सय आरपिएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क उत्पन्न गर्छ । ५.२ लिटर फ्युल ट्यांक क्यापासिटी रहेको छ । स्कुटर भरमा सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटरको माइलेज रहेको कम्पनीको दावी छ । युनिफाइड ब्रेकिंग प्रणाली (युएसबी) भएकालेचालकले कुनैपनि समयमा ब्रेक लगाउँदा यस प्रणालीले जती ब्रेकको आवश्यक पर्ने त्यतिमात्र ब्रेक लाग्ने पनि कम्पनीको भनाई छ । डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटरले राइडरलाई स्कुटरको स्थिति थाहा पाउन सघाउँछ ।
रे जेडआर १२५ मा १२ इन्चको एलोइ ह्विल, मल्टी फक्सन की, फोल्डेबल हुक, युएसबी चार्ज, साइड कटअफ स्विचजस्ता फिचर नयाँ स्कुटरको विशेषता हुन् । कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९ सय निर्धारण गरेको छ । यामाहा नेपालमा बीएस ६ मोडलको उत्पादन भित्र्याउने एयटैमात्र दुईपांग्रे ब्रान्ड रहेको प्रालिका एमडी सरोज श्रेष्ठले जानकारी दिए ।





