बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हटपट चाउचाउ रामेन बजारमा

हटपट चाउचाउ रामेन बजारमा


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७७, शुक्रबार

पोखरा, ९ असोज– पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको जिकिर गरेको हो ।
अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए ।पहिलो , ’हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ ।टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुई थरीकै ’हटपट’ प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।‘हटपट’ सिरिज अन्र्तगत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ ।हटपट नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्वमिस नेपाल श्रृंखला खतिवडालाई अनुवन्ध गरेको छ । श्रृंखला मिस नेपाल २०१८ की विजेता हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->