स्याङ्जा, १० असोज, कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित बनेका पुतलीबजार नगरपालिकाका १४ वटै वडाका कोभिडबाट प्रभवित परिवारलाई तरकारी नर्सरी व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।
पुतलीबजार नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग मा तालिम सञ्चालन भएको हो । तालिमको सूर्योदय क्लवले ब्यस्थापन गरेको हो भने कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना कार्यक्रम अन्तरगत कोभिड १९ बाट प्रभावित समुदायलाइ आर्थिक रुपमा सबलिकरण गर्न तालिम दिईएको हो । विदेशबाट फर्किएका तथा बेरोजगारयुवाहरुलाई उद्मशिल बनाउने योजना अनुसार तालिम सञ्चालन गरिएको सूर्योदय क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
नगर भित्रका सवै वडामा रहेका किसानले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको निर्माण गरेर त्यहिबाट किसानलाई आवश्यक पर्ने विरुवा समेत उत्पादन गरेर कृषकहरुलाई वितरण गरिने नगरप्रमुख सीमा कुमारी क्षेत्रीले बताइन । नगरप्रमुख क्षेत्रीले भनिन्, “हामी सबै कृषकहरुलाई आयआर्जन संग जोड्न चाहान्छौ त्यसैले सबै किसानहरुलाई विभिन्न किसिमका तालिमहरु दिएर आधुनीक प्रविधिका बारेमा जानकारी दिने योजना अनुसार विभिन्न संघ संस्था संग मिलेर काम गरिरहेकाछौ ।”
किसानहरुलाई विभिन्न किसिमका विउविजनका साथै नर्सरीको व्यवस्थापनको लागि पलास्टिक समेत उपलब्ध गराइएको सूर्योदय क्लवले जनाएको छ ।





