मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोट समाज जापानले दियो ढोरपाटनका पिडितलाई २७ लाख

गलकोट समाज जापानले दियो ढोरपाटनका पिडितलाई २७ लाख

गलकोट समाज जापानको नाममा ६ वटा घर निर्माण हुन्छ : नगर प्रमुख नेपाली


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार

बागलुङ, ११ असोज – गलकोट समाज जापानले ढोरपाटनका बाढीपहिरो प्रभावितहरुको लागि २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ सहयोग गरेको छ । जापानमा रहेका नेपालीद्वारा संकलित रकम गलकोट नगर प्रमुख भरत शर्मा गैरे मार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । मानवीय संवेदनशिलतालाई मध्यनजर गर्दै आफुहरुले राहत संकलन अभियान सञ्चालन गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । ६ सय जना भन्दा धेरै व्यक्तिहरुबाट सो रकम सहयोग प्राप्त भएको अध्यक्ष खत्रीले वताए ।
नगर प्रमुख गैरेले बैङ्कमा रकम जम्मा गरेको भौचर ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीलाई आईतवार हस्तान्तरण गरे । कार्यक्रममा गलकोट नगर प्रमुख भरत शर्मा गैरेले ढोरपाटन पीडामा पर्दा गलकोटलाई दुःखेको बताए । ढोरपाटन नगर प्रमुख नेपालीले सहयोग रकम राम्रोसंग सदुपयोग हुने र रबाढी तथा पहिरो प्रभावितहरुका लागि ६ वटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगर, प्रमुख प्रशासकीय अधिकृत दिल्लीराम भट्टराई, गल्कोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष नर बहादुर खत्री, वाड नं. ८ का वडाध्यक्ष राम प्रसाद कँडेल लगायतको सहाभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->