बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्कीमा भेटेरीनरीका योजनाका लागि २ करोड २७ लाख बजेट

कास्कीमा भेटेरीनरीका योजनाका लागि २ करोड २७ लाख बजेट

चालु आर्थिक बर्षमा भेटेनरीका योजना सार्वजनिक भए ।


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पोखरा, १२ असोज– भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पादन गर्ने कामहरुको फेहरिस्त पेश गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को लागि ९ करोड ३२ लाख ५१ हजारको बजेटसहित कार्यालयले पूँजिगत खर्च २ करोड २७ लाख ६० हजारले समेट्ने कार्यक्रम संचालन गरिने जनाएको हो ।
कार्यालयले भैंसी विकास, दूधमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, पशुपंक्षी बीमा तथा सुरक्षणको प्रिमियममा २५ प्रतिशत अनुदान, साना व्यावसायिक फार्म स्थापना तथा बिस्तारमा ध्यान दिने जनाएको छ । कार्यलय प्रमुख डा. शोभा शर्माका अनुसार सामुदायिक तथा छाडा कुकुरलाई बन्ध्याकरण तथा खोप कार्यक्रम, डेरी, मासु–माछा पसल सुधार कार्यक्रम पनि समेटिएको जानकारी दिए । बजेटको ठूलो हिस्सा अर्थात् ७ करोड ४ लाख ९१ हजार चाहिँ चालु खर्चमै सकिने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुनले गण्डकी प्रदेशमा दुध र मासुमा आत्म निर्भर भैसकेको बताए । कार्यक्रमको संचालन भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत डा. सपना लक्ष्मी घिमिरे र स्वागत अधिकृत (प्रशासन) ठाकुर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->