बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलामा तरुण दलको रक्तदान

जलजलामा तरुण दलको रक्तदान


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पर्वत, १२ असोज– कोरोना कहरको समयमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल जलजला गाउँ कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी आकस्मिक रक्तसञ्चार सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
आईतबार जलजला–७ मिलनचोकमा आयोजना गरिएको कार्यक्रममा तरुण दलमा आवद्ध युवायुवतीहरुले रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले समाजसेवामा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाल तरुण दल जलजलाका अध्यक्ष प्रकाश पुन, जनप्रतिनिधि हरि विकास जिसी, कर्मचारी, व्यापारीलगायतले रगतदान गरेका थिए । कार्यक्रममा जलजला गाउपालिका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’, नेपाल रेडक्रस सोसाईटी पर्बतका सभापती रुद्र बहादुर रिमाललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->