बागलुङ, १४ असोज– नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस वर्षको पर्वका अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । ११ असोजदेखि सुरु भएको योजना दशैं तिहार अबधिभर रहने छ । ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सुजुकीले ल्याएको हो । यो योजनाअन्र्तगत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउन पेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउने व्यवस्था छ । साथै, कुनैपनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रे सो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आर्कषक नगद पुरस्कार पाउने व्यवस्था योजनामा छ । साविकको धौलागिरीका ग्राहकको लागि अधिकृत बिक्रेता तेज मोटर्स बागलुङले यो सेवा उपलव्ध गराउने छ ।





