बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रति एमबी

एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रति एमबी


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

बागलुङ, १४ असोज– एनसेलका ग्राहकले बढी शुल्क लाग्ने चिन्ता नलिइ मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकलागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने भएका हुन् । यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक रु २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रु २ प्रति एमबी पर्दछ । एक हप्तामा ग्राहकले रु २० देखि रु ५० सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क रु १ मा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र रु ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->