बागलुङ, १५ असोज– प्रतिष्ठित कम्पनी बजाज अटोले उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल बिहिबार बागलुङमा ‘लन्च’ गरिएको छ । विजयादशमीको अवसर पारेर १६० सीसीको मोटरसाइकल ग्राहकका लागि बुकिङ खुल्ला गरिएको हो । बजाजको बागलुङस्थित डिलर शिवशक्ति अटोमोबाइलले बिहिबारदेखि नै नयाँ मोडलको मोटरसाईकल लञ्च भएको जनाएको छ । नयाँ एड्भेन्चर बाइकको मूल्य ३ लाख १९ हजार ९ सय तोकिएको छ । बिहीबारबाट बुकिङ खुला भएको शिवशक्ति अटोमोबाइलका प्रोप्राइटर शिव शाहले बताए । उनका अनुसार, अत्याधुनिक सुविधा रहेको मोटरसाइकल युवावर्गलाई लक्षित गरिएको छ । शिवशक्ति अटोमोबाइलले उक्त मोटरसाइकलका लागि ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदरको किस्ताबन्दी सुविधासमेत रहेको जनाएको छ ।





