मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

घातक रोगका पीडितलाई बिमा दावी भुक्तानी

घातक रोगका पीडितलाई बिमा दावी भुक्तानी


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

बागलुङ, २१ असोज– घातक रोग लागेकोले बिमांकको पहिलो किस्ता तिरेकालाई दाबी भुक्तानी गरिएको छ । रियायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीले बिरामीलाई रकम भुक्तानी गरेको हो ।
गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ घर भई बागलुङ नगरपालिका वडा नं. ३ गुठी बस्ने कमलबहादुर थापालाई रकम भुक्तानी गरिएको हो । २ लाख रुपैयाँको बिमा गरेका थापाले पहिलो किस्तास्वरुप १२ हजार मात्रै भुक्तानी गरेका थिए । रोग लागेर अपरेशनमार्फत सञ्चो भएर फर्केपछि उनलाई कम्पनीका अगुवाले उनको निवासमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।
बागलुङ नगरपालिका वडा नं. ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले चेक हस्तान्तरण गर्दै बिमाले मानिसको जीवनमा फाइदा पुगेको बताइन् । रोगविरुद्ध लड्न र मृत्यु भएमा परिवारको सुरक्षाका लागि बिमाले ठूलो साथ दिएको बताइन् । कार्यक्रमको संचालन इन्सोरेन्स कम्पनी बागलुङका मेनेजर नारायण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->