शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङ चिनाउन चलचित्र ‘बुकी’

बागलुङ चिनाउन चलचित्र ‘बुकी’


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

बागलुङ, २४ असोज– जिल्लाका पर्यटकीय क्षेत्रको चिनारीका लागि चलचित्र निर्माण हुने भएको छ । बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटर पहिलोपटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो ।
हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले चलचित्र निर्माण गर्न लागेको हो । ‘बागलुङलाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकी निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भने– ‘जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन हामी सफल हुनेमा विश्वस्त छौ ।’ पर्यटकीय, धार्मिक तथा साँस्कृतिक सम्पदा चलचित्रमा समावेश गरिने छ । ‘चलचित्रको कथावस्तुबारे काम सकिएको छ, सामजिक अभियानमार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उनले भने ।
स्थानीय तह, संघसंस्था, प्रवासी तथा स्थानीय नागरिकसंगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापा सन्देशले जानकारी दिए । पोखरामा आउने पर्यटकलाई बागलुङ भित्राउन चलचित्रले भूमिका खेल्ने थापाको दाबी छ ।
दुई वर्षदेखि अभियान सुरु गरेको र कथावस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनको भनाई छ । ‘कोरोना महामारीले हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’ उनले भने । चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सबै स्थानीय तहमा सांगीतिक कार्यक्रम गरिने उनले जानकारी दिए ।
कोरोना महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि संभव नभएको संयोजक केसीको भनाई छ । सामाजिक अभियानमार्फत निर्माण हुने चलचित्र बुकीको नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकी फुलको नामबाट गरिएको छ । चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार हुने निर्माण युनिटले जनाएको छ । चलचित्र निर्माणको लागि १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । चलचित्रबाट हुने आम्दानी पनि पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->