बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘सहकारीको पारदर्शिता र समृद्धिमा म्यानेजर्स क्लबको भूमिका महत्वपूर्ण’

‘सहकारीको पारदर्शिता र समृद्धिमा म्यानेजर्स क्लबको भूमिका महत्वपूर्ण’

म्यानेजर्स क्लबको परिचयात्मक तथा छलफल कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७७, सोमबार

बागलुङ, २६ असोज– बागलुङका सहकारीमा कार्यरत प्रबन्धकहरुको कोअपरेटिभ म्यानेजर्स क्लब बागलुङले परिचय तथा छलफल कार्यक्रम गरेको छ । क्लब स्थापनादेखि विभिन्न कार्यक्रम गर्दै आएको क्लबले विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधीसंग परिचय र सहकारीको समसामयिक विषयमा छलफल गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका उपाध्यक्ष एवम संघिय सांसद मनकुमारी केसीले सहकारीको पारदर्शिता र समृद्धिका लागि क्लबको भुमिका महत्वपूर्ण हुने बताइन् । केसीले सहकारीमा हरेक प्रकारका गतिविधी संचालन गर्नका लागि विशेषतः प्रबन्धकहरुको भूमिका हुने भएकाले सहकारीको समग्र विकास र संस्थाको समृद्धिका लागि क्षमता अभिवृद्धिमा ध्यान दिन जोड दिइन् ।
राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी अञ्जुले सहकारीले संचालनको क्रममा विभिन्न समयमा आइरहने नयाँ नीति नियमले सहकारीबीच अन्यौल सिर्जना गरिरहेकाले छलफल र कार्यक्रममार्फत अन्यौल चिर्दै अगाडि बढ्न सहकारीबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक तथा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल सुचना तथा संचार सहकारी केन्द्रिय सहकारी संघका लेखा समिति सदस्य खिमबहादुर कार्की, बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, जिल्ला कृषि सहकारी संघका सचिव गंगाबहादुर थापा, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक तथा क्लबका सल्लाहकार युवराज त्रिपाठी र पत्रकार महासंघका सचिव राम थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षता, कोषाध्यक्ष मुना शर्माको स्वागत, सदस्य टिकाराम सापकोटाको धन्यावाद मन्तव्य र सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->