सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

रेमिट्यान्सको सदुपयोग गर्न बिहुँमा बहुउद्देश्यीय सहकारी स्थापना

रेमिट्यान्सको सदुपयोग गर्न बिहुँमा बहुउद्देश्यीय सहकारी स्थापना


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

बागलुङ, २७ असोज– वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्न्यासलाई एकिकृत गर्ने उद्देश्यले बागलुङको बिहुँमा सहकारी स्थापना गरिएको छ । काठेखोला गाउँपालिका वडा नं. ५, ६ र ८ लाई कार्यक्षेत्र बनाई परमानन्द स्मृति बहुउद्देश्यीय सहकारी स्थापना गरिएको हो ।
सहकारीले स्थानीय कृषि उत्पादन र बजारीकरण, प्राविधिक शिक्षालय संचालन तथा पर्यटन प्रर्वद्वन गर्ने लक्ष्य लिएको छ । काठेखोला गाउँपालिकाको कार्यालयमा २ सय २ जना संस्थापक शेयर सदस्यको ५ करोड १९ लाख १० हजार रुपैयाँ शेयर पूँजीसहित सहकारी दर्ता गरिएको छ ।
बागलुङको विहुँकोट क्षेत्रबाट जापान, अमेरिका, यूरोपलगायतका देशमा गई रोजगारी एवम् व्यवसाय संचालन गरिरहेका विहुँकोटवासीले आर्जन गरेको पुँजी प्रायः घरजग्गामा लगानी गरिरहेको सन्र्दभमा सो लगानी एकिकृत गरी ग्रमिण क्षेत्रमा रोजगारी सृजना गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको तदर्थ समितिका सविच कृष्ण प्रसाद कँडेले जानकारी दिए ।
विहँुकोटबाट अमेरिकामा व्यवसाय गर्दै आएका प्रकाश कँडेल, जापानमा व्यवसाय गर्ने टिकाराम कँडेल, कृष्ण सुवेदी र दिपक कँडेलेको पहलमा सहकारी स्थापना गरिएको हो ।
सहकारीको तदर्थ समितिको अध्यक्षमा डिलप्रसाद कँडेल, उपाध्यक्षमा गौरीशंकर शर्मा सुवेदी, सचिव कृष्णप्रसाद कँडेल, सह–सचिवमा नारायणप्रसाद कँडेल, कोषाध्यक्षमा चन्द्रिश्वर कँडेल, सदस्यहरुमा कृष्णप्रसाद कँडेल, लिलावती सुवेदी, खगराज कँडेल, टिकाराम कँडेल शान्ती सापकोटा र वेतप्रसाद कँडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->