मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोरला नाकाबारे विभागिय मन्त्रीको चासो

कोरला नाकाबारे विभागिय मन्त्रीको चासो

ज्ञवाली भट्ट पुगे नाकाको निरीक्षण्का लागि कोरला


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

बागलुङ, २८ असोज– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरला नाका सञ्चालनका लागि चासो व्यक्त गरेका छन् । बुधबार उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्रीद्वयले नाका सञ्चालनका लागि चासो व्यक्त गरेका हुन् ।
सिमानामा रहेका स्तम्भहरु र कोरला नाकामा पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालन सम्बन्धि छलफललाई तिव्रता दिने बताए । चिनले बनाएका संरचना र नेपालतर्फका संरचनाको स्थलगत निरीक्षण गर्दै उनीहरुले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न मन्त्रीपरिषदमा छलफल चलाउने बताए ।
कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रर्वद्वनमा सहयोग पुग्नेगरी उत्पादनमा लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोरला नाका सञ्चालनका लागि आवश्यक छलफल सुरु गर्ने बताए ।
उनले चिनसँग नाका सञ्चालनका लागि बेला बेलामा छलफल भैरहेको समेत जानकारी दिए । कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यसको सञ्चालनले नेपाल चिन व्यापार सम्बन्धमा थप सुधार आउने बताए । काठमाण्डौबाट दुवै जना हेलिकोप्टरमार्फत नाकामा पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र सचिव, उद्योग सचिव पनि कोरला पुगेका हुन् ।
नेपाल–चिन जोड्नेगरी निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार, मन्त्रीद्वयले कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय व्यापारिक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुगेका थिए । उनीहरुले भौगोलिक अवस्थाको समेत निरीक्षण गरेको पौडेलले बताईन् । कोरला नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग प्रतिनिधि सभाका सदस्य प्रेम तुलाचनले माग गरेका थिए ।
मन्त्रीहरु निरीक्षणका लागि आउने भएपछि कोरला नाका पुगेका तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाई गरिरहेको बताए । दुई देशीय छलफलमा नाका सञ्चालनको विषयमा निकै बहस हुने भएपनि फिल्डमा काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए । जिल्लाका सुरक्षा समिति, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचनलगायतले मुस्ताङको अवस्थाबारे जानकारी गराएका थिए ।

तस्विरः सुन्दर कुमार थकाली/मुस्ताङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->