सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दायित्वबोध गर्दै मासु व्यवसायी

दायित्वबोध गर्दै मासु व्यवसायी


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७७, बिहिबार

बागलुङ, २९ असोज– उपभोक्तालाई स्वस्थ्यकर मासु उपलव्ध गराउनु मासु बजारको दायित्व । स्वस्थ्य र सफा मासु किसानदेखि उपभोक्तासम्म पु¥याउनका लागि मासु बजारमा आवद्ध व्यवसायीहरुको भूमिका रहन्छ । मुनाफा कमाउनकै लागि सञ्चालन गरिएका पसलहरु भएपनि उनीहरुले पुरा गर्नुपर्ने दायित्व पनि छन् ।
व्यवसायिक कारोवार गर्ने तर आफ्नो दायित्वका विषयमा बनेका विधिबारे बेखवर रहेका बागलुङका मासु पसलहरुले पछिल्लो समय आँफुमा सुधारको प्रयास थालेका छन् । बेला बेलामा सरोकारवालाले गर्ने अनुगमन र दिईने सुझावका आधारमा उनीहरुले आफ्नो व्यवसायमा सुधार ल्याएका हुन् । बधस्थलमा मात्रै पशुबध गर्ने, सफा ढुवानीका साधनहरुको प्रयोग गर्ने, पुलमा झिँगा भन्किन नदिने, सडेगलेको मासुको तत्काल व्यवस्थापन गर्ने र मासुको कारोवार गर्दा व्यवसायीले लगाउने कपडादेखि प्रयोगमा आउने साधनसम्मको सरसफाईमा सुधार पाईएको हो ।
बागलुङ बजारमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, जिल्ला प्रशासन र बागलुङ नगरपालिकाले बेला बेला अनुगमन गर्ने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा बुधबार पनि २१ ओटा मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा धेरै मासु पसलमा सुधार आएको भएपनि केही मासु पसलमा भने एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची अद्यावधिक नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमा रिजालले बताईन् । २१ वटा पसल अनुमग गरिएकोमा ३ वटा पसल दर्ता बिना सञ्चालन भएकोले ७ दिनभित्र दर्ता गरी संचालन गर्न निर्देशन दिईएको रिजालले बताईन् ।
विगतमा अनुगनका क्रममा अस्वस्थकर मासु खुलेआमा बिक्री गरेको पाईएपनि यसपटक भने धेरै कुरामा सुधार आएको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेलले वताए ।
यसअघि मंगलबार गरिएको खाद्यान्न पसल अनुगमनका क्रममा लेवल नभएका सामानहरु बिक्रीवितरण, मूल्यसूचि नभएका तथा अपडेट नभएको म्याद नाघेका, नापतौल प्रमाणिकरण नभएका खाद्य तथा खाद्यन्न वस्तुहरु भेटिएको भएपनि बजारका मासु पसलको अवस्था सुधार हुँदै भएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुव्वा राम प्रसाद उपाध्यायले बताए । अरु बेला चुपचाप रहने सरोकारवाला चाडपर्वका बेला निकै जुरमुराउँछन् । वर्षको एक दुइपटक भएपनि बजारमा निस्किने सरोकारवालाका कारण व्यवसायीलाई जिम्मेबार बनाएको एक उपभोक्ताले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->