बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनएमबि बैंक र फेवा बजारबीच समझदारी

एनएमबि बैंक र फेवा बजारबीच समझदारी


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

बागलुङ, ३० असोज– एनएमबि बैंक लि. र फेवा बजारबीच सरल इएमआइमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
पोखरामा मुख्य कार्यालय र ललितपुरमा कर्पोरेट अफिस भई नेपाल अधिराज्य भरी दैनिक उपभोग्य वस्तुहरुको डेलिभरी सेवा प्रदान गरिरहेको पmेवा बजारको सर्वाधिक उपस्थिति भने प्रदेश ५ मा रहेको छ जहा“ १ सयभन्दा बढी खुद्रा स्टोरहरुले फेवा बजारको वस्तुहरु बिक्री गरिरहेका छन् । समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग श्री रोशन रेग्मी र फेवा बजारका तर्फबाट प्रवन्ध निर्देशक श्री सुजन आचार्यले हस्ताक्षर गरे ।
यसअन्तर्गत एनएमबिका ग्राहकहरुले फेवा बजारको आधिकारिक वितरकबाट उपभोग्य इलेक्ट्रोनिक वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले फेवा बजारका विविध उत्पादनहरुमा क्रेडिट कार्डमार्फत गरिने भुक्तानीमा विभिन्न छुटको लाभ प्राप्त गर्न सक्ने छन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टर र १३५ एटीएमको मजबुत सञ्जालमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->