मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जैमिनीका सडकमा भाडादर कायम

जैमिनीका सडकमा भाडादर कायम

दोव्वरभन्दा धेरैले घट्यो सार्वजनिक सवारीको भाडा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७७, शनिबार

बागलुङ, १ कार्तिक– जैमिनी नगरपालिकाले नगरका १८ वटा मुख्य सडकमा गुड्ने सार्वजनिक सवारी साधनको भाडादर तोकेको छ ।
शुक्रबार बसेको सार्वजनिक सवारी साधनको भाडादर कायम समितिको बैठकले नगरभित्रका १८ कच्चि सडकलाई अस्थायी रुट उपलव्ध गराउन र दररेट कायम गर्न जिल्ला यातायात व्यवस्थापन समितिलाई अनुरोध गर्दै सवारी भाडादर तोकेको हो ।
सदरमुकाम बागलुङ बजारबाट नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा पुग्ने सडकमा प्रतिकिलोमिटर बसका लागि ६ रुपैयाँ र जिप तथा पिकअप भ्यानका लागि ७ रुपैयाँ भाडा तोकिएको छ । २१ किलोमिटर उक्त सडकमा पछिल्लो समय सवारी साधनहरुले २५० देखि ४५० रुपैयाँ सम्म लिँदै आएका छन् ।
नयाँ भाडादर कार्यान्वयनमा आउँदा बसले १ सय २६ रुपैयाँ र पिकअप भ्यान तथा जीपले १ सय ४७ रुपैयाँ मात्रै लिन पाउने छन् । उक्त सडकमा गुड्ने सवारीले मनलाग्दी भाडा असुलेको भन्दै सर्वसाधारणले गुनासो गरेपछि नगरपालिकाले भाडादर कायम गर्न समिति बनाएको थियो । चाडपर्व नजिकिएसंगै समितिको बैठक भाडादर कायम गरिएको समितिका अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष विजय अधिकारीले जानकारी दिए ।
त्यस्तै, कुश्मीशेरा बजारदेखि वडा कार्यालयसम्म पुग्ने सडकहरुको भने फरक फरक भाडादर तोकिएको छ । कच्चि भएर पनि केही सुधार भएका सडकमा प्रतिकिलोमिटर बसका लागि ९ रुपैयाँ र जिप तथा पिकअप भ्यानका लागि १० रुपैयाँ भाडा तोकिएको छ ।
त्यस्तै, कच्चि र अफ्ठेरा सडकहरुमा गुड्ने सवारीले बस भए प्रतिकिलोमिटर १० रुपैयाँ र जिप तथा पिकअप भए प्रतिकिलोमिटर ११ रुपैयाँ लिन पाउने व्यवस्था गरिएको समितिका सदस्य एवं इञ्जिनियर विवेक सापकोटाले बताए ।
जिल्ला यातायात व्यवस्थापन समितिले सदर गरेपछि भाडादर कार्यान्वयनमा आउने छ । शुक्रबार व्यवसायी, उद्योग वाणिज्य संघ, यातायात व्यवस्था कार्यालय, प्रहरी, ट्राफिक प्रहरीलगायतको उपस्थितीमा बसेको बैठकले भाडा दर निर्धारण गरेको हो ।
नगरभित्रै लामो दुरी रहेका सडकहरुको पनि ठाउँ अनुसारको भाडा तोकिएको छ । ‘गुनासा निकै थिए कच्चि सडक भएकाले भाडा कायम गर्न सकिएको थिएन्’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘सर्वपक्षिय छलफलपछि तोकिएको भाडा कार्यान्वयनमा ल्याएर यात्रुलाई सहजता प्रदान गर्छौं ।’ सरकोरवाला सँगको सहकार्यमै भाडादर कार्यान्वयनमा आउने उनले बताए ।
बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको चरणमा छ । यो सडक कालोपत्रे भएपछि भने पुनः भाडा समायोजन हुने नगरपालिकाले जनाएको छ । कालिगण्डकी करिडोरहुँदै गुड्ने सवारी १८ किमीभन्दा कम गुड्दा कुश्मीशेरा पुग्छन् भने एसियाली विकास बैंकले बनाएको कृषि सडकको दुरी २१ किमी हो । उक्त सडकको कुश्मीशेरातर्फको झण्डै साढे दुईकिमी र बागलुङ बजारतर्फको चार किमी सडक पक्कि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->