सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जैमिनीमा बाणिज्य बैंकको शाखा

जैमिनीमा बाणिज्य बैंकको शाखा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७७, मंगलबार

बागलुङ, ४ कार्तिक– बागलुङको जैमिनी नगरपालिका कुश्मीसेरा बजारमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो कारोवार सुरु गरेको छ ।
बैंकले द्वन्दको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याएर सोमबारदेखि करोवार थालेको हो ।
बैंकको कुश्मीशेरा शाखामा पहिलो खाता सञ्चालनमा ल्याएर जैमिनी नगरका प्रमुख इन्द्रराज पौडेलले कारोवारको शुभारम्भ गरे । उनले बैंक तथा बित्तिय संस्थाले नगरवासिको हितमा हुनेगरी लगानी बढाउनुपर्ने बताए ।
सरकारी स्वामित्व रहेको बैंकले जनताको मर्म अनुसारनै निक्षेप संकलन र कर्जा प्रवाहका काम गर्ने बैंकका शाखा प्रबन्धक लोक प्रकाश पौडेलले बताए । द्वन्दको समयभन्दा पहिला सेरा बजारमा रहेको बैंकको शाखा जिल्लाकै पहिलो शाखा हो ।
विस्थापित भएपछि सदरमुकाम आएको शाखालाई कायम राखेर कुश्मीशेरामा नयाँ शाखा सञ्चालनमा आएको हो । तीन बर्ष पहिलेदेखि शाखा बिस्तारको प्रयास थालेको बैंकले दशैंको मौका पारेर यसवर्ष मात्रै आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->