बागलुङ, ५ कात्तिक – गत साउन ९ गते पहिरोमा पुरिएर बेपत्ता भएका युवाको परिवारलाई एलआईसी नेपाल बागलुङ शाखाले मृत्यु दावी भुक्तानी दिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ५ स्थायी घर भएका नेत्र बहादुर पुन (निर्मल)को परिवारलाई मृत्यु दावी भुक्तानी दिईएको हो ।
कामको शिलशिलामा उपल्लाचौर बस्दै आएका पुन बागलुङ नगरपालिका–१ निरयघाट नजिकै ट्रिपटर चलाईरहेको अवस्थामा पहिरोमा पुरिएर बेपत्ता भएका थिए । पुनको परिवारलाई एलआईसी नेपालले १३ लाख ५ सय २० रूपैयाँको चेक बुधबार हस्तान्तरण गरेको हो । पहिरोमा बेपत्ता पुनको अहिलेसम्म कुनै पत्ता लगेको छैन् ।
मृतक पुनले एलआईसीमा जीवन आनन्द बीमा पोलीसी ६ लाख १० हजारको खरीद गरी २ वर्षको ९४ हजार २ सय ४ रूपैयाँ मात्र बुझाएका थिए । नियमअनुसार पुनकी धर्मपत्नी कल्पना थापा मगर पुनलाई जम्मा गरेको बीमा रकम तथा दुर्घटना लाभ रकम गरी १३ लाख ५ सय २० रुपैयाँ उपलव्ध गराईएको एलआईसी नेपालका शाखा प्रमुख शम्भु सिलवालले बताए ।





