नवलपुर, ७ कार्तिक– देवचुली १५ मा प्रधान कार्यालय रहेको नवप्रगति पृथ्वी साकोषले ३६५ दिने सेवा सञ्चालन अन्तर्गत रहेर दशैंको टीकाका दिन पनि काउण्टर सञ्चालन गर्ने भएको छ ।
देशैभरका बैंक र वित्तीय संस्थाहरुमा घटस्थापना लागेदेखी नै कर्मचारीले बिदा लिदा छिटो–छरितो पाउने सेवामा सुस्ततासँगै प्रभावित हुने र सप्तमीदेखी पुरै बन्द हुँदा कारोवारले चिन्तित भई दशै खल्लो हुने अनुमान गरेका स्थानीयबासी सहकारीले सेवा प्रदान गर्दा सुबिधा भएको महशुस गरेका छन् ।
सहकारीले जारी गरेको सूचनामा दशैंका दिन बिहान ७ बजेदेखी १० बजेसम्म ३ घण्टाका लागी सेवा उपलब्ध हुने जनाईएको छ भने आज सप्तमीदेखी नवमीसम्म र दशैको भोलीपल्ट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयबाट सेवा प्रदान गरिने उल्लेख छ ।
सहकारीले प्रतिदिन एक सदस्यको ५० हजार रुपैंयासम्मको चेक साट्न सकिने जनाएको छ ।





