सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

गाउँपालिकाले २६ थान बाँदर धपाउने बन्दुक मेसिन खरिद गरि गाउँपालिकाका आठ ओटै वडाका कृषकलाई उपलब्ध गराएको थियो ।


  • ढोरपाटन संबाददाता
  • कार्तिक ८ २०७७, शनिबार

बागलुङ, ८ कात्तिक– खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसानले बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेरेका छन् । गाउँपालिकाले अनुदानमा उपलव्ध गराएको मेसिनले केही समयका लागि भएपनि बाँदर भाग्ने भएपछि किसानलाई सजिलो भएको हो ।
‘एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेर आउँदैन’ वडा नं. २ का किसान कान्तलाल जैसीले भने ‘समाधान यो मेसिन होईन तर सजिलो भएको छ ।’ बाँदरले बाली मासेर मर्कामा परेका किसानलाई केही सजिलो भने भएको उनले बताए । पोहोरभन्दा यस वर्ष बाँदर नियन्त्रण भएकाले खेतबारीको बाली केही बढी जोगिएको उनको भनाई छ ।
‘मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्यो’ जैसीले भने ‘अहिले एक पटक धपाएपछि केहि दिन ढुक्क हुन्छ ।’ बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई दिएको छ । गाउँपालिकाका किसानले मेसिनको प्रयोग गरेर बाँदर धपाउन थालेपछि वडाहरुमा पालो लगाएजस्तै गरेर घुमीफिरी बाँदर आउने गरेको वडा नं. ६ बिहुँका किसान बालानन्द कँडेल बताउँछन् ।
गाउँपालिकाले २६ थान बाँदर धपाउने बन्दुक मेसिन खरिद गरि गाउँपालिकाका आठ ओटै वडाका कृषकलाई उपलब्ध गराएको थियो । त्यसपछि प्रत्येक वडामा पाँच वटाका दरले ४० वटा मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘हामीले सोँचेको जस्तो उपलव्धी आएन, एक पटक पड्काएपछि तर्सिएला भनेको त्यसो हुन सकेन’ थापाले भने ‘बाँदर मार्न नमिल्ने, धपाउँदा फेरी फर्केर आईपुग्छ ।’
सुरुवातमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर सुनेका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान ३ हजार रुपैयाँ तिरेर मेसिन ल्याएको थियो । पहिलो पटक ल्याईएका मेसिनको नक्कल गर्दै अहिले बागलुङमै मेसिन उत्पादन भैरहेको वडा नं. ६ का अध्यक्ष युक्त प्रसाद कँडेलले बताए ।
‘२ हजार १ सय रुपैयाँमा अहिले मेसिन बागलुङमै तयार हुने गरेको छ, किसानको माग बढेको छ’ कँडेलले भने ‘किसान खुसी छन्, उत्पादन केही जोगिएको छ ।’ कार्वनको प्रयोग गरेर पड्किने मेसिनका लागि किसानले आँफैले कार्वनको जोहो गर्ने गरेका छन् । एक पटकमा १० ग्राम कार्वन पड्काउनु पर्ने किसानले एक वर्षका लागि एक किलोग्राम कार्वनले पु¥याउने गरेका छन् । बागलुङमा कार्वनको प्रतिकिलो मुल्य ३ सय रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->