सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अनुदानमा टनेल पाएपछि भीमापोखराका किसानहरु तरकारी खेतीतर्फ लागे

अनुदानमा टनेल पाएपछि भीमापोखराका किसानहरु तरकारी खेतीतर्फ लागे

‘टनेलमा उत्पादन सुरक्षित हुन्छ’ कृषक शर्माले भने, ‘बेमौसमी उत्पादन र असिना पानीबाट तरकारी बचाउन टनेल अनिवार्य छ ।’


  • नवीन शिशिर विक
  • कार्तिक १२ २०७७, बुधबार

बागलुङ, १२ कात्तिक जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखरामा अहिले जाताततै प्लाष्टिकका टनेल देखिन्छ । पहिले तराकारीका लागि सिजन कुर्नुपर्ने स्थानीय अहिले बेमौसमी तरकारी फलाएर राम्रो आम्दानी गर्न थालेका छन् । भीमापोखरामा व्यवसायिक तरकारी उत्पादनमा जोड दिँदै वडाभित्र ५० वटा तरकारी टनेललाई वडा कार्यालयले अनुदान दिएपछि किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन ।
टनेलभित्र सुरक्षित तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने हुँदा वडा कार्यालयले ५० वटा टनेल निर्माणका लागि १० लाख ५४ हजार रुपियाँ विनियोजन गरी टनेल निर्माण गरेको हो । वडाभित्रका ५० जना अगुवा कृषकको करेसाबारीमा टनेल निर्माण गर्न अनुदान दिएको वडाध्यक्ष विद्यापति शर्माले वताए। गत आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार बजेट विनियोजन गरी किसानहरुलाई तरकारी खेतीको पेशाप्रति आकर्षण गराउन अनुदानमा टनेल निर्मण गरिएको अध्यक्ष शर्माले वताए।
टनेल निर्माणको लागि वडा कार्यालयले आवश्यक पर्ने फलाम सामाग्री, प्लाष्टिक तथा प्राविधिक जनशक्ति उपलब्ध गराएको थियो । ‘टनेल खेती सुरक्षित र उत्पादनशील हुन्छ’ वडाध्यक्ष शर्माले भने, ‘कृषकलाई व्यवसायीक उत्पादनमा जोड्न अनुदानको कार्यक्रम लिएको हो ।’
प्लाष्टिक टनेलमा गोलभेडा, सिमी, भन्टा, साग, बन्दा, काउली, खुर्सानी जस्ता तरकारी खेतीलाई उपयुक्त हुने कृषक याम प्रशाद शर्माले वताए । ‘टनेलमा उत्पादन सुरक्षित हुन्छ’ शर्माले भने, ‘बेमौसमी उत्पादन र असिना पानीबाट तरकारी बचाउन टनेल अनिवार्य भएको छ ।’
धेरै पानी पर्दा तरकारीको बोटै सुक्ने र बढी घाम लाग्दा ओईलिने हुँदा टनेल निर्माणले व्यवसायिक उत्पादनलाई राम्रो भएको छ । टनेलभित्र झार कम आउने, विषादीको प्रयोगलाई एकीकृत गर्न सकिने लगायतका कार्य गर्न सहज हुन्छ । वडा कार्यालयले हाल निर्माण भएका टनेलको प्रभावकारी हेरेर आगमी दिनमा पनि कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->