बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा एक संक्रमित महिलाको मृत्यु

पोखरामा एक संक्रमित महिलाको मृत्यु


  • ढोरपाटन संबाददाता
  • कार्तिक १३ २०७७, बिहिबार

पर्वत, १३ कात्तिक- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ । कोरोना सङ्क्रमणपछि ती महिला कात्तिक ५ गते उपचारको लागि प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् । प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यका अनुसार ती महिलाको बुधवार राती ११ बजे मृत्यु भएको हो । ती महिलामा निमोनिया लगायतका रोगको समस्या रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->