मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

हिमाल खुले, खुलेनन् पर्यटकीय क्षेत्र

हिमाल खुले, खुलेनन् पर्यटकीय क्षेत्र

नेपाल सरकारले चैत महिना देखि लकडाउन गरेपश्चात अझै पनि पर्यटकीय क्षेत्र भने पूर्ण रुपमा खोलेको छैन ।


  • विजय नेपाली
  • कार्तिक १६ २०७७, आइतबार

पोखरा, १६ कात्तिक– दशैँ तिहारको समय पोखरा घुम्ने समय हो । पर्यटकीय राजधानी पोखरामा हरेक वर्षको दशैँ तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो ।
यो वर्ष भने सिजन सुरु हुँदासमेत पोखराको पर्यटन क्षेत्र सुनसान छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले पोखराको पर्यटन क्षेत्रमा नराम्ररी असर पुगेको छ । वर्षेनी लाखौं पर्यटक आउने पोखरामा आन्तरिक पर्यटकको समेत चहल छैन ।
यतिबेला पोखराका कुनैपनि क्षेत्रबाट अन्नपुर्ण हिमशृङ्खलाको मनमोहक दृष्य पुर्ण रुपमा हेर्न सकिन्छ । मौसम सफा हुने र बादल कम लाग्ने हुँदा यो समयमा पोखराको स्वरुप नै फेरिएको देख्न पाइन्छ । पोखरा प्रवेश गरेपश्चात जहाँबाट पनि हिमाललाई पृष्ठभूमि बनाउँदै फोटो खिच्न सकिन्छ । तर, विगत ८ महिनादेखि नै पर्यटकीय क्षेत्र सुनसान देखिएको छ । नेपाल सरकारले चैत महिना देखि लकडाउन गरेपश्चात अझै पनि पर्यटकीय क्षेत्र भने पूर्ण रुपमा खोलेको छैन । ‘अहिले कोरोनाको त्रास उच्च छ, पर्यटकहरु आउन डराएको अवस्था छ’, पर्यटन व्यसायी राम गुरुङले भने । सिजन सुरु हुँदा समेत पर्यटनको आगमन भने नरहेको र सामान्य रुपमा आन्तरिक पर्यटन आउने क्रम देखिएको गुरुङको भनाइ छ । कोरोनाले पर्यटन क्षेत्रमा निकै असर पारेकाले पोखरामात्र नभएर गण्डकी प्रदेशको अर्थतन्त्रमै प्रभाव पारेको उनले बताए । त्यस्तै रेवानका पूर्वमहासचिव एवम् व्यवसायी गणेश थापाले विदेशी पर्यटक शुन्य रहेको बताए । ‘यो पिक समय हो, यो सिजन पर्यटन व्यवसायीको लागि निकै राम्रो हो तर कोरोना भाइरसको कारण शुन्य छ’, थापाले भने । पर्यटकीय सिजन सुरु हुँदासमेत पर्यटन नआउँदा पूर्ण घाटामा गएको उनले सुनाए । सामान्य आन्तरिक पर्यटन आउने वातावरण सृर्जना हुनै लाग्दा पोखरामा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । कोरोना प्रभावकै कारण पोखराका करिब ६० –७० होटल तथा रेष्टुरेन्ट व्यवसायीले व्यवसाय नै छाडेर पलायन भएको अवस्था छ । पर्यटनले भरिभराउ हुने फेवाताल पनि शान्त छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->