मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मर्दी हिमालले तान्यो पर्यटक

मर्दी हिमालले तान्यो पर्यटक

दशै र तिहारको बिचमा आन्तरिक पर्यटकको घुइचोँ लाग्ने गर्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

पोखरा, १८ कात्तिक– कोरोना संक्रमणले पर्यटन व्यवसाय ठप्प छ । हिमाल हेर्न चाहने र पदयात्रामा रमाउने आन्तरिक पर्यटकहरुले पनि जोखिम मोल्न चाहेका छैनन् । जसले चाहेको छ, ऊ पनि खुलेर हिँड्न पाएको छैन । प्रख्यात पदयात्रा र होमस्टेहरु खुलेकै छैनन् । तगारो लगाइको ठाउँमा जान पनि नमिल्ने । पदयात्राको लागि प्रख्यात अन्नपूर्ण पदयात्रा मार्ग नै बन्द भएपछि गण्डकी प्रदेशका सबै जिल्लाहरु पर्यटकविहीन भएका छन् ।
यही बेला विकल्पमा उभिएको छ, मर्दी हिमाल पदयात्रा मार्ग । र, यो पदयात्रा मार्ग दशैंको छेकोमा भरिभराउ भएको छ । दशैँको टीकाको भोलिपल्ट देखिनै मर्दी हिमालमा आन्तरिक पर्यटकको आगमन सुरु भयो । दशै बिदाको दिन दैनिक करिब ३ सयदेखि ४ सयसम्म पर्यटक मर्दी हिमालको यात्रामा निस्किए । दशैं सकिए पनि पदयात्रामा दैनिक ६०–७० जना आन्तरिक पर्यटक पदयात्रामा गइरहेका छन् ।
‘दशै र तिहारको बिचमा आन्तरिक पर्यटकको घुइचोँ लाग्ने गर्छ । यो वर्ष पनि पर्यटक आएका छन्, दैनिक ६०–७० जना पर्यटक आएकै छन’,जंगल एम्बेसी होटल सञ्चालन गर्दै आएका राजेन्द्र क्षत्रीले भने । उनका अनुसार दशैको टीका सकिए लगत्तै पदयात्रामा दैनिक २ सय देखि ३ सयसम्मको हारहारीमा पर्यटक आउनेगरे पनि अहिले भने ७० को हारहारीमा पर्यटक त्यता लागेका छन् । ‘यो समयमा पनि करिब डेढ सय जति त विदेशी पर्यटक आए । ती बाहेक अधिकांश आन्तरिक पर्यटकनै हुन’, क्षेत्रीले भने । कोरोना भाइरसको कारणले पदयात्रामा प्रभाव पारेपनि विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अनुसार नै व्यवसाय सञ्चालन गरेको उनले बताए ।‘अहिले हामिले प्रत्येक पर्यटकलाई साबुनपानीले हात धोएर मात्र भित्र प्रवेश गराएका छाँै, प्रवेश गर्दा ज्वरो मापन गरिन्छ । पर्यटक बस्ने कोठालाई सेनिटाइज समेत गरेका छौँ’, क्षेत्रीले भने । सेनिटाइज नगरेको कोठा भने एक पटक प्रयोग गरेको ४८ घण्टापछि मात्र प्रयोग गरेको उनको भनाइ छ ।
यतिवबला मौसम खुल्ला र सफा रहने हुदाँ मर्दी हिमालबाट माछापुच्छे«को अघिल्लो भाग निकै नजिकबाट नियाल्न सकिन्छ । पोखराबाट देखिने माछापुच्छे«को मनमोहक दृष्यले जो कोहीलाई पनि मर्दी पदयात्राले लोभ्याउँछ । मर्दी हिमाल समुद्रि सतहदेखि चार हजार ५ सय मिटरको उचाइमा पर्दछ । यो पदयात्रा मार्ग सन् २०१२ बाट औपचारिक रूपमा सुरु भएको हो । छोटो पदयात्रा रुचाउनेहरुको माझ मर्दी चर्चित छ ।
पोखराबाट निस्केको २ दिनमै ३५४० मिटरको मर्दी हाई क्याम्प पुगिन्छ । पदयात्रा मार्गको बादलडाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, हिमचुलीलगायत १४ वटा विभिन्न हिमाल पनि देखिन्छन् । हाइक्याम्प पुग्न नसक्नेहरुको लागि ४२,०० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाइपोइन्ट (३५५० मिटर) सम्मको यात्राले पनि अलौकिक अनुभूति दिन्छ ।
आधार शिविरमा वर्षेनी करिब ४० हजारको हारहारीमा पर्यटक आउने गर्छन । कोरोना भाइरसको कारणले यो वर्ष भने ८० प्रतिशत पोखरा तथा २० प्रतिशत अन्य जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन । पर्वत, बागलुङ, चितवन, काठमाडौंलगायत जिल्लाबाट मर्दी घुम्न आएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->