पोखरा, २० कात्तिक– गण्डकीप्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हक हित तथा रक्षाको निम्त्ति प्रदेश सरका सधैँ कटिबद्ध रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६ औँ अधिवेशन एवं २७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले नजिकबाट प्रदेश सरकारले पर्यटन व्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । ‘पर्यटन क्षेत्रमाको भिड १९ ले धेरै असर पारेको छ, पर्यटन व्यवसाय धरासायी बन्न पुगेको छ, पर्यटन व्यवसायीले खर्बौ लगानी नोक्सानी व्योर्होनु परेको छ’, मन्त्री लम्सालले भने,‘पर्यटन व्यवसयलाई कसरी बचाउन सकिन्छ भनेर हामी गम्भिरता पूर्वक लागेका छौँ ।’ उनले व्यवसायको रक्षाकालागि नेपाल सरकारले मौद्रिक निति र प्रदेश सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने विश्वास व्यक्त गरे ।
अधिवेशन तथा साधारण सभाका अवसरमा संघकातर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनकालागि ५० हजार उपलब्ध गराइएको थियोभने राष्ट्रिय समाचार समिति (रासस) पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको थियो ।





