बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी बिमका बाढीपहिरो विस्थापित पुर्नवासका लागि जुट्यो ७० लाख

म्याग्दी बिमका बाढीपहिरो विस्थापित पुर्नवासका लागि जुट्यो ७० लाख


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७७, बिहिबार
फाईल तस्विर

बेनी, २० कात्तिक  – म्याग्दीको मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना भएको संस्थाले असार २५ र २६ गतेको भीषण वर्षापछिको पहिरोका कारण विस्थापित भएकालाई सुरु गरेको अभियानमा ७० लाख २० हजार ८६५ रुपैयाँ सङ्कलन भएको हो । वडाभित्र बाढीपहिरोबाट पूर्णरुपमा विस्थापित, उच्च जोखिममा रहेका घरधुरीका सुरक्षित स्थानमा स्थानान्तर गर्ने गरी आर्थिक संकलन गरिएको बिम मालिका संघ अन्तराष्ट्रियका अध्यक्ष कृष्ण जुग्जालीले बताए ।
‘पहिरोले छियाछिया भएको बस्तीबाट सुरक्षित स्थानमा लैजाने गरी आर्थिक जुटाएका छौ, ‘विश्वभरका बिमबासीले खुलेर सहयोग गर्नुभएको छ’ जुग्जालीले भने । उनका अनुसार आर्थिक संकलन अभियानमा बिम समाज यूकेबाट २२ लाख ६१ हजार ३०४ रुपैयाँ, समाजका सल्लाहकार विजय जुग्जाली, सदस्य चकबहादुर पाईजामार्फत अमेरिकामा १३ लाख ९ हजार २३० रुपैयाँ, संघका उपाध्यक्ष ललित जुग्जाली, सदस्य तुलसी पुन, भिमबहादुर जुग्जालीबाट बेल्जियममा ११ लाख ६१ जार ६९० रुपैयाँ संकलन भएको थियो । त्यस्तै समाजका सदस्य हेमबहादुर जुग्जाली, झकप्रसाद जुग्जालीबाट जापानमा ६ लाख १२ हजार ८०४ रुपैयाँ, समाजका सल्लाहकार दल शेरर्बुजा, सदस्य खिमबहादुर जुग्जालीबाट हकङकमा ४ लाख ४६ हजार ७५० रुपैयाँ, अष्टे«लयामा समाजका सदस्य रघु जुग्जाली, चकमान शेरपुञ्जाबाट ३ लाख ३० हजार, दक्षिण कोरियामा लोकनाथ भट्टराईले २ लाख ४५ हजार, पोर्तुगलबाट खिमबहादुर जुग्जालीमार्फत १ लाख ६४ हजार १२३ रुपैयाँ रहेको अन्तराष्ट्रिय विभागका सचिव मन्दिप जुग्जालीले जानकारी दिए ।
त्यसैगरी, यूएईमा भिमबहादुर जुग्जालीबाट १ लाख ५ हजार ४ सय, कतारबाट होमबहादुर पूर्जाले १ लाख २ हजार ६१०, मलेसिया लक्षिणबहादुर जुग्जाली, लालबहादुर जुग्जालीबाट ५९ हजार ४ सय, स्पेन पदम बहादुर पुन २७ हजार ६ सय, स्विजरल्याण्डबाट अरुणकुमार पाईजा १० हजार, ओमन चन्द्रलाल जुग्जाली ५ हजार र बिम मालिका संघ केन्द्रिय कार्यालय काठमाण्डौबाट १ लाख ६९ हजार ८४० आर्थिक संकलन भएको जनाइएको छ । संस्थाको आयोजनामा पुनर्वास सम्बन्धि जुम मिटिङको प्रमुख अतिथि बिमका वडा अध्यक्ष रेशम जुग्जालीले पुर्नवास अभियानको प्रक्रिया सुरु भएको बताए । ‘अब जग्गा ब्यवस्थापनको अन्तिम चरणमा छौ, ‘बिमबासीले खेल्नुभएको भूमिकाले पुर्नवासमा सजिलो हुन्छ’ जुग्जालीले भने । विस्थापित ३३ घरधुरीको पुर्नवासमा संकलित रकम खर्च हुने अध्यक्ष जुग्जालीको भनाई छ । बिममा पहिरोमा परेर ८ जना मृत्यु र एक जना अझै बेपत्ता छन् । जुम मिटिङमा संघका केन्द्रिय अध्यक्ष देउप्रसाद जुग्जाली लगायतको उपस्थिति रहेको थियो । यसबाहेक इन्द्रेणी लगायत विभिन्न संघसंस्थामार्फत समेत सहयोग हस्तान्तरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->