बागलुङ, २० कात्तिक– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा बागलुङका निर्माण कुमार श्रेष्ठ ‘बासु’ले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य रहेका श्रेष्ठले आगामी कार्यकालको लागि समेत उम्मेदवारी दिएका हुन् ।
आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौंमा हुने ५४ महाधिवेशनको लागि आँफुले उम्मेदवारी दिएको भन्दै श्रेष्ठले मतदानका लागि व्यवसायीहरुलाई आग्रह गरेका छन् । बिहिबार बागलुङ उद्योग वाणिज्य संघसँगको भेटघाटमा श्रेष्ठले व्यवसायीको हितका लागि आँफुले गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए ।
बागलुङ उद्योग बाणिज्य संघले युवा व्यवसायी श्रेष्ठलाई निर्वाचनमा विजय गराउन अध्यक्ष युवराज राजभण्डारीको संयोजकत्वमा चुनाव प्रचारप्रसारमा समिति गठन गरेको छ । श्रेष्ठलाई विजय गराउन गण्डकी प्रदेशमा प्रचारप्रसारको लागि विभिन्न कार्यक्रम तय भएको अध्यक्ष राजभण्डारीले बताए ।
दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भैसकेका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवार बनेका हुन् ।





