काठमाडौं, २५ कात्तिक– मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो । आज मंगलबार चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





