शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित

बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७७, बुधबार

बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र तनहुँमा ६ जना संक्रमित थपिएका हुन् ।
लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ७१ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये बागलुङको काठेखोला गाउँपालिकाका २७ देखि ४४ वर्ष उमेर समूहका १ महिला र ३ जना पुरुष रहेका छन् । यस्तै, बागलुङ नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुष, वडा नखुलेका १६ देखि ५२ वर्ष उमेर समूहका ६ जना महिला र ८ देखि ७३ वर्ष उमेर समूहका ९ जना पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->