मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तिहारले बजारमा भीड बढ्यो

तिहारले बजारमा भीड बढ्यो


  • ढोरपाटन संबाददाता
  • कार्तिक २९ २०७७, शनिबार

बागलुङ, २९ कात्तिक– नेपालीको दोश्रो ठूलो चाड तिहारको अबसरमा बजारमा किनमेल गर्नेको भीड लागेको छ । देउसी भैलो भने यो वर्ष छैन । तर स्थानीयले तिहारका लागि चाहिने फूलमाला, भाँडाबर्तन र अन्य सामाग्री किन्न भने बजारमा निस्केका छन् ।
माटोको पालादेखि लक्ष्मीपूजाका लागि तामाका भाडा किन्नेले बजारका सबै पसल भरिभराउ देखिएका छन् । ‘ठूलो व्यापार नभएपनि तुलनात्मक रुपमा बजारमा भीडभाड बढेको छ’ बानपा २ की तीर्थकुमारी शर्माले भनिन्, ‘तिहारमा धेरैजसोले केही न केही किन्ने चाहना राख्छन् ।’
बजारका फेन्सी तथा खाद्यान्न पसलमा पनि भीड बढेको छ । तिहारको अवसरमा आफ्ना दाजुभाइलाई दिदीबहिनी र दिदीबहिनीले दाजुभाइलाई उपहार दिने चलन पनि छ । त्यसका लागि बजारमा मानिसको भीड लागेको हो ।
तिहारमा टिका लगाउन जाने आउनेहरुको पनि चहलपहल बढ्न थालेको छ । तिहारका लागि टाढा जानेले शुक्रबारदेखिनै यात्रा थालेका छन् । लामो दुरीका सवारीमा पनि केही दिनअघिको तुलनामा यात्रा गर्ने बढेको देखिएको हो ।
तिहारमा देउसी भैलो नखेल्न प्रशासनले आग्रह गरेको र कोरोना संक्रमणको जोखिम भएपछि स्थानीय रुपमा खेलिने देउसी भने पूर्ण ठप्प छ । घरहरुमा झिलिमिली बत्ती बाल्ने क्रम पनि अहिलेसम्म भएको छैन । बागलुङका विभिन्न युवा क्लब, मगर संघलगायतका सामाजिक संस्था र डान्स समूहले पनि देउसी भैलोको सुरसार नगरेका हुन् । संक्रमणले बजारमा रौनक नभएपछी झिलिमिली बत्तीसमेत नबालिएको व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->